१५ कात्तिक, कलैया । मनहर्वा ३ बंकुल निवासी कालुमान थोकरकी पत्नी ३६ बर्षीया सुकुमाया थोकरको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार मध्याह्न्न करिब १२ बजेको समयमा धाराको मोटर चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।
शव प्रहरी चौकी जैतापुरमा राखी पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लैजाने तयारी भैरहेको प्रहरी चौकी जैतापुरका ईन्चार्ज असई भरत सिलवालले जानकारी दिए ।
यस्तै आइतबार बिहान भएको अर्को घटनामा घर नजिकै जोत्दै गरेको टेक्टरको रोडाबेरमा परि विहान ७ बजे मनहर्वा-३, पराँसका ८ वर्षीय बालक उमेश सहनीको मृत्यु भएको छ ।
ट्याक्टर बालकका काका प्रमोद सहनीले चलाएका थिए । मनहर्वा-३, बडहर्वाका नारायणप्रसाद खतिवडाको ना ४ त २२४४ नम्बरको टेक्टरमा बसेका बालक लडेर रोडाबेरमा परि गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्कालै उपचारका लागि एम्बुलेन्समा राखि कलैया तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ भने टेक्टर र चालक भने प्रहरी चौकी जैतापुरको नियन्त्रणमा रहेको चौकी ईन्चार्ज असई भरत सिलवालले जानकारी दिए ।
No comments:
Post a Comment