Thursday, November 19, 2015
मधेसी मोर्चाद्वारा वीरगन्जमा औषधिको गाडीमा आगजनी
४ मंसिर, वीरगन्ज । मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि लोड गरेर राखिएको गाडीमा आगजनी गरेका छन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि भित्र्याउन दिने निर्णय गरेकै राति औषधि लोड गरिएको गाडीमा आगजनी भएको हो ।
बिहीबार राति एक बजे तिर ओम आश्रम छेउको गोदामबाट लोड गरी जनपुरको नबिनम मेडिकल हलमा लैजानका लागि लोडगरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल छर्किएर आगजनी गरिएको हो । उक्त ट्रकमा अति आवश्यक औषधि भनेर व्यानर लेखिएको थियो ।
आगजनीबाट गाडीमा रहेको २० लाख मूल्य बराबरको अाैषधि नष्ट भएको प्रहरीले जनाएको छ ।
औषधि बोकेको गाडीलाई प्रहरीको स्कटिङमा शुक्रबार बिहान ११ बजेपछि जनकपुर लैजाने तयारी गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment