Saturday, November 21, 2015
सप्तरीको रुपनीमा आन्दोलनकारीद्वारा कर्फ्यू उलंघन, स्थिति तनावग्रस्त
६ मंसिर, सप्तरी । सप्तरीको रुपनीमा आन्दोलनकारीले स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेका छन् । विरोध प्रदर्शन गर्दै आएका आन्दोलनकारीले प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भइरहेको छ ।
गएराति आन्दोलनकारी र प्रहरीबीच भएको झडपका क्रममा रुपनी जमुनी मधेपुरा गाविस ९ बस्ने ३० वर्षका नागेश्वर यादवको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बसेका आन्दोलनकारीलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा प्रहरीको गोली लागि यादवको मृत्यु भएपछि आन्दोलनकारी बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment