Thursday, October 29, 2015

चीनले त्याग्यो एक बच्चाको नीति, अब दुई बच्चा जन्माउन पाइने

१२ कात्तिक, काठमाडौं । चीनले बहुचर्चित ‘एक बच्चा नीति’ परित्याग गरेको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले बिहीवार सरकारको सो कदमबारे जानकारी दिएको हो । अब चिनियाँ दम्पत्तिले दुईवटासम्म बच्चा जन्माउन पाउनेछन् । चीनले बढ्दो जनसंख्या नियन्त्रणका लागि भन्दै सन् १९८० मा एक बच्चा नीति लागू गरेको थियो । जसअनुसार चिनियाँ दम्पत्तिले एकभन्दा धेरै जन्माउन बन्देज लगाइएको थियो । यो नीतिका कारण जन्मदर नियन्त्रण भई बृद्धबृद्धाको संख्यामा बृद्धि भएपछि चीन सरकारले तीन दशक लामो आफ्नो नीति परित्याग गरेको हो । बिगत केही महिनायता चीन सरकारले एक बच्चाको नीति बदल्न लागेको अनुमाग गरिँदै आए पनि सरकारी अधिकारीहरुले त्यसलाई अस्वीकार गर्दै आएका थिए । ३६ बर्ष अगाडी तत्कालिन नेता देङ स्याओ पिङले यो नीति ल्याउँदा आर्थिक बृद्धिलाई लक्षित गरिएको थियो । त्यसबेला एउटी महिलाले औसतमा तीन बच्चा जन्माउने गरेकोमा त्यसले जनसंख्या बृद्धिदर अनियन्त्रित भई आर्थिक बृद्धि संकुचन हुने ठहर गरी एक बच्चाको नीति ल्याइएको थियो । यद्यपी बिभिन्न जातिय समूह र बसोबासका आधारमा निश्चित प्रकारका दम्पत्तिले दुई बच्चा जन्माउने अधिकार पाउँदै आएका थिए ।

No comments:

Post a Comment