Wednesday, October 14, 2015

सभामुखको चुनावः सहमति भए २८, नभए २९ गते हुने

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदले नयाँ सभामुख र उपसभामुख चुनावको प्रक्रिया सुरु भएको छ । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकले सभामुख र उपसभामुख चयनको मिति तोकेको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख चयनका लागि २८ गते चुनाव हुनेछ । सभामुखको चुनाव ३ बजे र उपसभामुखको चुनाव ५ बजेका लागि तोकिएको छ । दलहरुबीच सहमति नभए २९ गते चुनाव हुने भएको छ । सभामुखको चुनाव ३ बजे र उपसभामुखको चुनाव ५ बजेका लागि तोकिएको छ । यसअघि बुधबार दिउँसो निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख वनसरी घर्तीले राजीनामा दिएका थिए । नयाँ संविधानमा संसद अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने व्यवस्था छ । संविधान जारी भएपछि संसद अधिवेशन १५ गते सुरु भएको थियो ।

No comments:

Post a Comment