Tuesday, October 13, 2015

मधेसी मोर्चाले अब नाकामा आन्दोलन नगर्ने, आपूर्ति सहज हुने

फोटो :फाइल तस्बिर काठमाडौं : संविधान जारी भएपछि सिमा केन्द्रित आन्दोलन गरेर भारतीय पक्षले लगाएको नाकाबन्दीलाई सहयोग पुर्‍याउँदै आएका मधेसी मोर्चाले नाकाको आन्दोलन स्थगति गर्ने भएको छ । दसैं तिहार र छटजस्ता पर्वलाई ध्यानामा राखेर आन्दोलन स्थगित गर्न लागिएको हो । थारु संघर्ष समितिले यसअघि नै आन्दोलन स्थगन गरिसकेको छ । मधेसी मोर्चाको मंगलबारको बैठकमा आन्दोलन स्थगन र भावी रणनीतिबारे छलफल हुँदैछ। आजै पत्रकार सम्मेलन गरेर मोर्चाले निर्णय सार्वजनिक गर्दैछ । आन्दोलनको स्थगनसँगै अब नाकाको अवरोध हट्ने र आपूर्ति पनि सहज हुने बताइएको छ। संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी र मधेसी दलहरुको नाका केन्द्रित धर्ना एवं आन्दोलनले आपूर्ति व्यवस्था पुरै ठप्प भएको थियो । करिब चार हप्ता लामो नाकाबन्दीका कारण इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार हुने अवस्था आएको छ। आइतबारदेखि केही नाकामा अवरोध खुकुलो भए पनि आपूर्ति अझै सहज भएको छैन । झन्डै दुई महिनादेखि मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ। नयाँ सरकारले मोर्चालाई वार्तामा बोलाइसकेको छ।

No comments:

Post a Comment