Sunday, October 11, 2015

ओली प्रधानमन्त्री चयन भएपछि प्रचण्डले भनेः राष्ट्रिय मुद्दामा काग्रेसलाई पनि सँगै लिएर जान्छौँ

काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा कांग्रेसलाई पनि सँगै लिएर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष प्रचण्ड चयन भएसँगै संसद भवनबाट बाहिरिने क्रममा संञ्चारकर्मीहरुसँग उनले भने, ‘सरकार निर्माणको कार्य सफलतापूर्वक सम्पन्न भएको छ । यो खुसीको कुरा हो । यहाँ तराई–मधेश, थारु र जनजातीको समस्या हल गर्ने एउटा प्रतिबद्धता भएको छ । विसम परिस्थितिमा सवै दल एक ठाँउमा उभिनुपर्छ भन्ने हाम्रो मान्यता थियो । काग्रेस समेत एउटै सरकारमा आउनुपर्छ भनेर हामीले आफ्नो तर्फबाट मिहिनेत गर्र्यौँ । तर, सफल भएन । संविधान संसोधन, ऐन कानुन निर्मार्णमा फेरि पनि दलहरु एक ठाँउ हुनुपर्छ । चुनावमा लोकतान्त्रि प्रक्रिया हो । हार जीत हुन्छ नै । तर, पनि राष्ट्रिय महत्वको मुद्धामा हामी एक ठाँउ हुन्छौ । काग्रेससँगै मिलेर काम गरेर जाने हुन्छ । नयाँ परिस्थिति सिर्जन भएको छ । यही अनुसार अवको सत्तासमीकरण बन्छ ।’

No comments:

Post a Comment