Thursday, October 29, 2015

चीनले दिएको पेट्रोल आइतबार काठमाडौं आइपुग्ने

१२ कात्तिक, काठमाडौं । चीनले अनुदानको दिन पेट्रोलको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम खेपिरहेको नेपालका लागि चीनले एक हजार मेट्रिकटन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानमा दिएको छ । यो तेलको पहिलो खेप शनिबारसम्म नेपाल चीनको नाका केरुङमा आइपुग्ने अधिकारीहरुले बताएका छन् । चीनले दिन लागेको तेल लिन नेपाली ट्यांकर भोली शुक्रबार चीनतर्फ जानेछ । नेपाल आयल निगमले पहिलो चरणमा १२ वटा ट्यांकरलाई पठाउने निगम प्रवक्ता दीपक बरालले बताए । शुक्रबार बिहान ९ बजे १२ बटा ट्यांकरहरु तेल लिन थानकोट डिपोबाट चीनका लागि छुट्नेछ । पहिलोपटक चीनसँग तेल लिँदा कुनै औपचारिक कार्यक्रम भने नगर्ने आयल निगमले बताएको छ । ट्यांकरसँगै आयल निगमका अपिधकारी पनि चीन जानेछन् । चीनले रसुवागढीबाट २६ किलोमिटरको दुरीमा रहेको केरुङसम्म तेल ल्याइदिनेछ भने त्यहाँसम्म नेपाली ट्यांकर पुग्नेछ । चिनियाँ पेट्रोल आइतबार काठमाडौं आइपुग्ने छ । त्यसपछि क्रमश चीनबाट अनुदानको तेल ल्याउने निगमको योजना छ । चीनले अहिले दिएको तेल भारतबाट आइरहेको भन्दा पनि गुणस्तरीय मानिने युरो-४ गुणस्तरको पेट्रोल हुनेछ । बुधबार नेपाल र चीनबीच ब्यपारिक रुपमा इन्धन खरिद गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर पनि भइससकेको छ । तर, प्राविधिक पक्षहरुमा छलफल चलिरहेकाले व्यवसायिक रुपमा चीनबाट ल्याउने भनिएको तेल कहिलेसम्म नेपाल आउन सक्छ भन्ने टुंगो लागेको छैन ।

No comments:

Post a Comment