Sunday, March 27, 2016
बस दुर्घटनामा १४ जना घाइते, दुर्इको अवस्था गम्भिर
१५ चैत, गौशाला। पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा आज बिहान दुई वटा रात्रिबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
बिहान करिब ४ बजेको समयमा काठमाडौँबाट विराटनगरका लागि गुडेको ना ५ ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा सो बसमा सवार ११ जना यात्रु घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
यता अन्य नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी आजै बिहान ५ बजेको समयमा काठमाडौँबाट धरानका लागि गइरहेको ना ५ ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिदा तीन जना यात्रु घाइते भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment