Sunday, March 6, 2016
अब ब्लाकबरी र नोकियामा ह्वाट्सएप नचल्ने
यदि तपाइँले नोकियाको पूरानो मोबाइल फोन वा ब्लाकबेरीको मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने तपाइँका लागि दुखको खबर छ ।
इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपले यो वर्ष सन् २०१६ को अन्त्यदेखि केही मोबाइल प्लेटर्फममा आफ्नो सेवा बन्द गर्ने भएको छ । यसमा नोकिया, ब्लाकबेरीसँगै केही पूराना अपरेटिंग सिस्टम भएका मोबाइल फोन रहनेनछन् । त्यसैले सन् २०१७ देखि यी मोबाइलमा ह्वाट्सएप चल्नेछैन ।
फेसबुक स्वामित्वको कम्पनी ह्वाट्सएपले एक ब्लगपोष्ट मार्फत यो जानकारी गराएको छ ।कम्पनीका अनुसार ब्लाकबेरी स्मार्टफोनका अलावा नोकिया एस४०, नोकिया सिम्बियन एस ६०, एन्ड्रोइड २.१, २.२ तथा विन्डोज फोन ७.१ अपरेटिंग सिस्टम वाला फोनमा पनि ह्वाट्सएप चल्नेछैन ।
ह्वाट्सएपले आफ्नो ब्लगपोष्टमा लेखेको छ : यी मोबाइलहरु हाम्रो इतिहासको हिस्सा बनेका छन् । तर अब हामी भविष्यमा आफ्नो एपमा जुन फिचर्स हाल्नेवाला छौँ, ती फिचर्सलाई सपोर्ट गर्न यी मोबाइल फोन सक्षम छैनन् ।
ह्वाट्सएपको प्रयोग गर्नका लागि आफ्नो मोबाइललाई अपग्रेड गर्न वाट्सएपले आफ्ना प्रयोगकर्तालाई आग्रह गरेको छ ।
आफ्नालागि यस्तो फैसला लिन कठीन भएपनि मानिसहरुलाई ह्वाट्सएपबाट जोडिराख्ने दिशामा यो आवश्यक कदम रहेको उसले जनाएको छ ।
माथि उल्लेखित पूराना प्लेटर्फमका मोबाइल भएका प्रयोगकर्तालाई ह्वाट्सएप चलाइराख्नका लागि सन् २०१६ सकिनु अगावै नयाँ एन्ड्रोइड, विन्डोज तथा आइफोन खरीद गर्न ह्वाट्सएपले सल्लाह दिएको छ ।
स्मरण रहोस् ह्वाट्सएपका प्रयोगकर्ताको संख्यामा तिव्ररुपमा वृद्धि भैरहेको छ । दुनियामा हरेक७ जनामा एक जना व्यक्तिले ह्वाट्सएप चलाउने गरेको कम्पनीको दाबी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment