Monday, March 21, 2016

आफ्नै बुहारीलाई अश्लील म्यासेज पठाउँदा…

एजेन्सी । बुहारीलाई अश्लील म्यासेज पठाउने ससुरा फन्दामा परेका छन् । आरोपी ससुरालाई हरियाणा प्रहरीले गरिफ्तार गरेको छ । पीडित बुहारीले हरियाणाको महिला प्रहरी थानामा उजुरी दिएकी थिइन् । हरियाणाको रेवाडी जिल्लामा बस्दै आएकी बुहारीले त्यहीको महिला थानामा सदर बजार बस्ने आफ्ना ससुराविरुद्ध उजुरी हालेकी थिइन् । जाँचका क्रममा सबुतका लागि मोबाइल फोन पनि देखाइएको थियो जसमा ससुराले अश्लील म्यासेज पठाइएको पाइयो । समाचार अनुसार शनिबार विहान महिला प्रहरीको टिम सदर बजार पुगेर आरोपी ससुरालाई गिरफतार गरेको थियो । उनलाई प्रहरीले रेवाडी जिल्ला प्रहरी कार्यालय लगेको छ ।

No comments:

Post a Comment