Sunday, March 6, 2016

ग्रिन टीले बचाउँछ अकाल मृत्युबाट

नियमित रुपमा ग्रिन टी पिउने मानिसहरुमा मुटुरोगसँग जोडिएका विभिन्न खाले स्वास्थ्य समस्याबाट अकालमै मृत्युको खतरा कम हुने एक अध्ययनले देखाएको छ । हालै भएको अध्ययनबाट यो तथ्य प्रकाशमा आएको हो । जापानी वैज्ञानिकहरुले ४० देखि ६९ वर्षसम्मका ९० हजार मानिसमा ४ वर्षसम्म गरेको अध्ययनबाट यस्त निष्कर्ष निकालेका छन् । दिनमा केवल एक कप भएपनि ग्रिन टी पिउने महिलामा असामयिक मृत्युको जोखिम १० प्रतिशत कम हुने अध्ययनले देखाएको छ । जबकी दिनमा ६ कप गि्रन टीले मुटु सम्बन्धी रोगबाट हुने अकाल मृत्युको जोखिमलाई १७ प्रतिशतले कम गर्छ । अनल्स अफ इपिडिमियोलोजी जर्नलमा छापिएको शोधका अनुसार पुरुषमा पनि ग्रिन टी ले महिलामा जस्तै सकारात्मक प्रभाव पार्ने देखिएको छ । ग्रिन टी मा उच्च मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ जसलाई पोलीफिनाल्स भनिन्छ । साथै ग्रिन टीमा इपिग्लोकेटेसिन गलेट अर्थात् इजीसीजी भन्ने तत्व पनि पाइन्छ । यो तत्वले रक्तचापलाई सन्तुलित गर्नका साथै सरीरमा बोसो नियन्त्रण गर्न पनि सघाउँछ ।

No comments:

Post a Comment