Thursday, March 24, 2016

स्मरणशक्ति बढाउने केही टिप्स

केही कुराहरु छिटै भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ
mind2स्मरण शक्ति सबैको एउटै हुँदैन अरुको भन्दा कम भयो भन्दैमा त्यसलाई रोग नै भनिहाल्न मिल्दैन, यद्यपि कहिलेकाहीँ कतिपय रोगहरुका कारण पनि मानिसको स्मरण क्षमता कमजोर बन्दछ
यस्ता रोग नभै अन्य कारणले स्मरण क्षमता कम हुने मानिसहरुका लागि आफ्नो स्मरण शक्ति बढाउन केही काइदाहरु कामयावी हुन्छन् अर्थात् केही सामान्य उपायहरु अपनाउनेहो भने स्मरण क्षमता आफै बढाउन सकिन्छ स्मरणशक्ति बढाउने केही टिप्स यस्ता छन्:
पर्याप्त निद्रा:  निद्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ
दिमागी कसरत: क्रसवर्ड, पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ
नियमित व्यायाम नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ
योगा:  योगालेे मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने स्मरण क्षमतामा वृद्धि हुन्छ
स्वस्थ खाना बदाम, ओखर, हरियो सागपात, गि्रन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन्
विषयलाई भिजुअलाइज गर्ने:  यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ
नयाँ सिक्नुहोस् केही केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ

समयतालिका बनाउनुहोस् कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्भिm सकिन्छ

No comments:

Post a Comment