Sunday, March 27, 2016

कटुवा पेस्तोलसहित युवक पक्राउ

१५ चैत, लहान । प्रहरीको गस्ती टोलीले गएराति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो । आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए । रासस

No comments:

Post a Comment