Sunday, March 20, 2016

ह्वाट्सऐपमा तपाईंको डाटा कति सुरक्षित ?

ह्वाट्सऐपमा हामी आफ्ना फोटो, भिडियो, म्यासेजहरु शेयर गर्छौं । यहाँसम्म कि अत्यन्त जरुरी कागजात पनि । अनि हामी त्यसलाई इन्टरनेटको माध्यमबाट दुनियाँभर पठाउने पनि गर्छौं, यो ठानेर कि यसरी पठाउँदा कुनै पनि अप्ठ्यारो पर्दैन । तर, ह्वाट्सऐपमा आफ्ना व्यक्तिगत जानकारी पठाउनु के सही र सुरक्षित छ ? तपाईंले ह्वाट्सऐपको सुरक्षा प्रणालीबारे कहिल्यै पत्ता लगाउने कोशिस गर्नु भएको छ ? ह्वाट्सऐप भन्छ-तपाईंका फोटो, भिडियो, म्यासेज र कागजातका तस्वीरहरु हर समय ह्याकरहरुको नजरबाट टाढै राख्ने कोशिश गरिन्छ । जुन नेटवर्कमार्फत म्यासेज पठाइन्छ ती एन्क्रिप्टेड हुन्छन् र कुनै दोस्रो व्यक्तिको हातमा पुग्दैनन् । यसको मतलब तपाईं जुनसुके म्यासेज पठाउनुहुन्छ, त्यसलाई डिजिटल कोडमा रुपान्तरण गरिन्छ जसले गर्दा त्यो सुरक्षित हुन्छ । ओपन वाई-फाईमा धेरै जोखिम आफ्ना निजी जानकारी उसको प्लेटर्फममा पठाउँदै हुनुहुन्छ भने ओपन वाई-फाई नेटवर्कमार्फत् नपठाउन ह्वाट्सऐपले सुझाव दिएको छ । किनकी यस्ता नेटवर्कमा ह्याकरहरुको नजर रहन्छ, जसका कारण तपाईँ समस्यामा पर्नसक्नुहुन्छ । ह्वाट्सऐपको अर्को भनाइ के छ भने तपाईंका कुनै पनि फोटो वा म्यासेज उसले आफ्नो सर्भरमा राख्दैन । आफ्नो सर्भर वा म्यासेज तबसम्म मात्र राखिन्छ, जबसम्म त्यो म्यासेज डेलिभर हुँदैन वा प्रापकसम्म पुग्दैन । यदि ३० दिनसम्म म्यासेज डेलिभर नभएमा त्यसलाई सर्भरले डिलिट गरिदिन्छ । यदि तपाईं एयरपोर्टको वाई-फाईको प्रयोग गर्दैहुनुहन्छ भने ह्याकरको नजर तपाईंको स्मार्टफोनमा पर्नसक्छ । यस्तो अवस्थामा तपाईंले जसलाई म्यासेज पठाउँदै हुनुहुन्छ त्यसमा अलिकति पनि असावधानी भयो भने तपाईंका डाटा खतरामा पर्नसक्छन् । यस्तो खुल्ला नेटवर्कमा पठाउन लागिएका डाटाहरु चोरी हुने सबैभन्दा बढी खतरा हुन्छ । कसरी जोगिने ? आफ्नो ह्वाट्सऐपका डाटाको सुरक्षित राख्न आफ्नो सेक्युरिटी लक फोनमा राख्नुपर्दछ । गुगलमा रिभर्स इमेज सर्च गरेर तपाईंको तस्वीरको बारेमा पत्ता लगाउन सकिन्छ कि त्यसलाई कहाँ प्रयोग गरिएको छ भनेर । यसकारण आफ्नो बारेमा अनलाइनमा जानकारी दिनुभन्दा अगाडि एकदमै सावधानी अपनाउनुपर्दछ । आफ्नो ह्वाट्सऐपको फोटो अर्को फोनबुकको एल्बममा देखिनबाट तपाईं बच्नुपर्छ । तपाईं आइफोन चलाउँदै हुनुहुन्छ भने त्यसको ‘प्राइभेसी’मा गएर ‘फोटो’ रोजेर यसलाई रोक्न सक्नुहुन्छ । तर, एन्ड्रोइड फोनमा आफ्नो स्मार्ट फोनको फाइल चयनका लागि चयन गर्न फाइल म्यानेजरमा एपको प्रयोग गर्नुपर्छ । त्यसपछि ह्वाट्सऐप चित्र र भिडियोका लागि एक ‘नो मेडिया’ फाइल बनाउनुपर्छ । यसो गरियो भने तपाईंको ह्वाट्सऐपको फोटो र भिडियो अरुको फोनबुकमा देखिँदैन । तपाईं व्यक्तिगत जानकारी ह्वाट्सऐपमा पठाउँदै हुनुहुन्छ भने सबैभन्दा बढी साबधान हुनुपर्छ । कुनै पनि व्यापारिक कारोबार सम्बन्धी जानकारी ह्वाट्सऐपमा कहिल्यै पनि नपठाउनुस् । यस्तो गोप्य चिज फोनमै कुरा गरेर जानकारी दिँदा राम्रो हुन्छ ।

No comments:

Post a Comment