Sunday, March 6, 2016

भारतको गुजरातमा चरमपन्थी आक्रमणको आशंका !

एजेन्सी, २३ फागुन । भारतको गुजरातमा चरमपन्थी आक्रमण हुनसक्ने आशंकामा त्यहाँको सरकारले उच्च सतर्कता अपनाएको छ । महाशिवरात्रीको समय पारेर गुजरातमा धार्मिक अतिवादी संगठनले आक्रमण गर्न सक्ने सूचनाका आधारमा उच्च सतर्कता अपनाइएको हो । भारतको गुप्तचर विभागले चरमपन्थी आक्रमण हुनसक्ने सूचना दिएको हो । गुजरातका गृहराज्यमन्त्री रजनी पटेलले गुजरातको सुरक्षार्थ राष्ट्रिय सुरक्षा बललाई तीन समूहमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । उनले गुजरातमा अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट घुपैठ हुनसक्ने भन्दै गुप्तचर निकायले सतर्कता अपनाउन आग्रह गरेको बताए । गुजरातका संवेदनशील क्षेत्र, धार्मिक स्थल तथा व्यस्त स्थानहरुमा सुरक्षा बढाइएको छ ।

No comments:

Post a Comment