Monday, March 21, 2016
नेपाली ‘सन्नी लियोनी’ अर्चना पनेरु पोखरामा पक्राउ, यस्तो छ घटना
पोखरा । पोर्नस्टार बनेरै छाड्ने उद्देश्यका साथ कला क्षेत्रमा लागिरहेकी किशोरी अर्चना पनेरुलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको हो ।
उनीसहित शुटिङ भइरहेको फिल्म ‘जिस्म’को युनिटलाई पोखरामा प्रहरीले समातेको हो । निर्माण ईजाजत बिना नै छायाँकनमा गएको भन्दै उनीहरु सबैलाई पक्राउ गरिएको हो ।
पोखरामा सुटिङको क्रममा रहेको फिल्म युनिटमाथि चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको आरोप लागेको छ ।
यो फिल्ममा अर्चना मुख्य अभिनेत्रीको भुमिकामा देखिँदैछिन् । अर्चनासँगै उनकी आमा पनि प्रहरी फन्दामा परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्देशक राजु गिरीसहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरुसहितको सम्पूर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।
पोर्नस्टारको अभ्यासमा नग्न फोटो सार्वजनिक गरेको भन्दै यसअघि कञ्चनपुर प्रहरीले अर्चनालाई नियन्त्रणमा लिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment