Thursday, October 15, 2015
रानी भन्सारबाट इन्धन बोकेका ५३ गाडी भित्रिए
२९ असोज, विराटनगर । विराटनगरको रानी भन्सारबाट इन्धन बोकेका ५३ सवारी साधन भित्रिएका छन् । बिहीबार राति सम्म २३ ट्यांकर डिजेल, १५ ट्यांकर पेट्रोल र १५ बुलेट ग्यास बोकेका सवारी भित्रिएको रानी भन्सार कार्यालयले जनाएको छ ।
बुधबार भने डिजेल बोकेको एक ट्यांकर र ग्यासका चार बुलेट भित्रिएका थिए ।
इन्धन बोकेका सवारी साधन भित्रिनेक्रम बढेपछि विराटनगर क्षेत्रमा पेट्रोलियम पदार्थको केही सहजता भएको छ । विराटनगरका २३ पेट्रोलपम्पबाट पहिलाको भन्दा अलि सहज भएको छ । एक लाख १२ हजार लिटर पेट्रोल वितरण गरिएको छ ।
ठूला गाडीलाई दुईहजार रुपैयाँबराबरको तथा दुई पांग्रे सवारीलाई पाँच सय रुपैयाँ बराबरको पेट्रोल वितरण गरिएको थियो ।
निगमले विराटनगरमा पेट्रोल पम्पका लागि तीन हजार लिटरदेखि नौ हजार लिटरसम्म इन्धन वितरण गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment