Thursday, October 29, 2015
राष्ट्रपति विद्याले लिइन् सपथ, रामवरणद्वारा पद हस्तान्तरण
१२ कात्तिक, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
शीतल निवासमा भएको विशेष समारोहमा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
कार्यक्रममा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुगिन् । त्यसको केहीबेरमा राष्ट्रपति डा. रामवरण यादव मञ्चमा आइपुगे । यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पन गर्यो ।
लगतै शपथ ग्रहण कार्यक्रम सुरु भएको थियो । प्रधानन्यायाधीशले भण्डारीलाई सपथ गराए । उनले ईश्वर, देश र जनताको नाममा सपथ लिइन् । लगतै यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरे ।
कुर्सी हस्तान्तरणपछि यादव समारोहबाट विदा भए । भण्डारीले निवर्तमान राष्ट्रपति यादवलाई उठेर विदाई गरेकी छन् । लगतै नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment