Sunday, October 11, 2015
इन्डियन आयल कर्पोरेशनले तेल बढी दिन थाल्यो : निगम
आश्विन २४, २०७२- ईन्डियन आयल कर्पोरेशनले बढी तेल दिन थालेको नेपाल आयल निगमले जनाएको छ । ईन्डियन आयल कर्पोरेशनले आफैंले बोलाएर नेपाली तेल पठाउन थालेको हो ।
अन्य दिनभन्दा आज २५ प्रतिशत तेल दिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । यसअघि भारतीय पक्षले निगमलाई १० प्रतिशत मात्रै तेल दिंदै आएको थियो ।
नेपालमा संविधान जारी भएलगत्तै नेपाली सीमाका भएका आन्दोलन र धर्नाका कारण देखाउदै निगमले तेल दिन इन्कार गरेको थियो ।
निगमले अन्य देशबाट तेल ल्याउनको लागि आशय पत्र माग गरिसकेको छ ।
बीरगञ्जबाहेकका नाकाबाट तेल भित्रिने क्रम अन्य दिनभन्दा आज बढी छ । बिराटनगर र भैरहवा नाका पनि हिजैदेखि ठप्प छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment