Sunday, October 25, 2015

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २० गाडी भित्रिए

९ कात्तिक, रुपन्देही । रुपन्देहीको बेलहिया नाका भएर आइतबार दिनभरमा इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका छन् । डिजेल बोकेका पाँच तथा पेट्रोल बोकेका चार ट्यांकर र एलपी ग्यास बोकेका ११ बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरिक्षक अभय विक्रम साहले जानकारी दिए । त्यस्तै अन्य एक सय ५९ वटा मालबाहक ट्रक तथा ४० वटा पीकअप गाडी भित्रिएको साहले बताए ।

No comments:

Post a Comment