आश्विन २३, २०७२- प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पदबाट राजीनामा दिएका छन् । केहीबेरअघि राष्ट्रपति डा. रामवरण यादवलाई सितल निवासमा भेटी उनले राजीनामा पत्र बुझाएका हुन् ।
सितल निवासबाट निस्केर संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री चुनावका लागि उम्मेदवारी दर्ता गराउने तयारीमा कोइराला छन् । नेपाली कांग्रेसले आजै कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
No comments:
Post a Comment