Thursday, October 29, 2015
नेपालपछि भारतले लगायो सेरोगेसी कानूनमा प्रतिबन्ध (थाइल्याण्डका महिलाले पनि विदेशीलाई कोख नबेच्ने )
१२ कात्तिक, काठमाडौं । विदेशी पुरुषलाई भाडाको कोख उपलब्ध गराउने सेरोगेसी कानूनमाथि भारतीय सर्वोच्च अदालतले बुधबार प्रतिबन्ध लगाएको छ ।
विदेशीलाई भाडाको कोख उपलब्ध गराउने कानूनमाथि नेपालमा पनि यहाँको सर्वोच्च अदालतले रोक लगाइसकेको छ । नेपालमा यस्तो कानून बनेको १० महिना नपुग्दै अदालतले रोक लगाएको हो ।
नेपालकै सिको गर्दै भारतले पनि विदेशी पुरुषलाई भाडाको कोख उपलब्ध गराउने कानूनमा रोक लगाएको छ ।
भारतका गरीब महिलाहरुले पैसा लिएर विदेशीलाई भाडाको काख उपलब्ध गराउँदै आएका थिए । गुजरातमा यस्ता सेरोगेसी आमाहरुको फ्याक्ट्री नै सञ्चालन हुँदै आएको अवस्थामा भारतले यस्तो कानूनमा रोक लगाएको हो ।
गुजरातको सेरोगेसी सेन्टरमा २० भन्दा बढी भारतीय सेरोगेसी आमाहरु गर्भवती अवस्थामा छन् ।
भारतमा अब विदेशीलाई भाडाको कोख उपलब्ध नगराइने भएता पनि आफ्नै देशका निसन्तानलाई भने सेरोगेसी सन्तान उत्पादनमा छुट दिन सकिने भारतीय अदालतको आदेश छ । अदालतको आदेशलाई कानूनी रुप दिन केही समय लाग्ने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले स्वदेशीका लागि सेरोगेसी सम्बन्धी कानूनलाई खुल्ाल गर्ने बताए पनि नेपालमा चाँहि गत साल बनेको कानूनमा विदेशीलाई मात्रै भाडाको कोख उपलब्ध गराउन सकिने उल्लेख थियो । नेपलाी निसन्तानहरुका लागि यो कानूनी सुविधा उपलब्ध थिएन । अहिले सर्वोच्च अदालतले यो कानून कार्यान्वयन नगर्न भनेको छ ।
भारतमा सेरोगेसीको आर्थिक कारोबार करिब ६३ अर्ब भारतीय रुपैयाँ बराबर रहेको बीबीसीले जनाएको छ । विदेशीलाई बच्चा जन्माइदिने भारतीय महिलाले ६ लाख भारु पाउँथे भने वीचैमा गर्भपतन भएमा ३८ हजार रुपैयाँ दिएर घर पठाइन्थ्यो ।
सेरोगेसी गर्भाधानका लागि यौन सम्बन्ध भने बर्जित रहँदै आएको छ । गर्भावस्तामा सेरोगेसी सेन्टरमा बसेका गर्भवती महिलाले गरेको शारीरिक श्रमको छुट्टै पैसा पाउँथे ।
सेरोगेसी सञ्चालन गर्ने डा. नयन पटेलले भने विदेशी दम्पतीसँग १८ लाखसम्म लिन्थिन् ।
थाइल्याण्डमा पनि प्रतिबन्ध
अन्तरतरष्ट्रिय समाचार स्रोतहरुका अनुसार अब थाइल्याण्डका महिलाले पनि विदेशका लागि भाडाको कोख उपलब्ध नगराउने भएका छन् । त्यहाँको सरकारले पनि विदेशीका लागि भाडाको कोख उपलब्ध गराउने कानूनमाथि रोक लगाएको छ ।
बीबीसीमा अनुसार चीनमा भाडाको कोख प्रयोग प्रतिबन्धित छ । तर, त्यहाँ पनि भाडाको कोखका विषयमा बहस सुरु भएको छ । कानूनले रोक लगाए पनि धनीमानीले लुकीछिपी भाडाको कोख प्रयोग गर्ने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment