Monday, October 12, 2015

सुनौली नाका पनि खुल्यो, सयभन्दा बढी ट्रक भित्रिए

काठमाडौं : भैरहवास्थित सुनौली नाका सोमबारदेखि केही सहज भएको छ। दुवैतर्फका व्यापारिक संस्था तथा नागरिक समाजको सक्रियतामा नाकालाई सहज गर्ने सहमति भएपछि नाकामा अड्किएका गाडीहरु धमाधम नेपालतिर प्रवेश गरिरहेका छन् । एक सातादेखि पूर्णरुपमा बन्द रहेको भैरहवास्थित नेपाल–भारत सीमा नाका बेलहिया सोमबारदेखि खुलेको छ । मध्याह्नदेखि खुलेको बेलहिया नाकाबाट साँझ सात बजेसम्म सयभन्दा बढी ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। त्यसमा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रकलगायतका साधन छन्। नेपाल छिर्ने लाइनमा पेट्रोलका चालिस ट्यांकर र ३५ बुलेट छन्। नेपाल भारत मैत्री समाज, सिद्धार्थनगर उद्योग बाणिज्य संघ, सुनौली व्यापार मण्डलगायतका संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको पहलमा नाका सहज गर्ने सहमति भएको हो । नेपाल भारत मैत्री समाजका डा. शान्तकुमार शर्माले दशैंतिहारजस्ता चाड पर्व नजिकै आएकोले धर्ना दिएर नाकामा अवरोध नगर्न आन्दोलनकारीलाई आग्रह गरिएको र मंगलबारदेखि आपूर्ति सहज भएको बताए ।

No comments:

Post a Comment