Thursday, October 8, 2015
नयाँ शक्ति निर्माणमा हतार छैन : भट्टराई
बाँके, असोज २१ – एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा हतार नभएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा बिहीबार बिहान भएको पत्रकार भेटघाटमा भट्टराईले संविधान निर्माणपछि राजनीतिको एउटा चरण समाप्त भएकाले अब आर्थिक सम्वृद्धी र विकासका लागि नयाँ राजनीतिक शक्ति आवश्यक रहेको दाबी गर्नुभयो ।
नयाँ राजनीतिक शक्ति निर्माणका लागि आफूले पार्टी परित्याग गरेको तर अहिले नयाँ शक्ति निर्माणमा कुनै हतार नभएको उहाँको भनाई छ । उहाँले भारतले गरेको अघोषित नाकाबन्दीको पनि बिरोध गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment