Tuesday, October 13, 2015

चितवन कारागारबाट थुनामा रहेका बन्दी फरार

चितवन, २६ असोज । जिल्ला कारागार चितवनमा पुर्पक्षका लागि रहेका एक जना बन्दी फरार भएका छन् । फरार हुनेमा जुम्ला घर भई भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरमा भाडामा बस्ने अन्दाजी ३० वर्षीय हिम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका भण्डारी आज दिउँसो अस्पतालबाट फरार भएका हुन् । क्षयरोगको समस्या रहेका भण्डारी उपचारका क्रममा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । यसअघि भदौ महिनामा पनि प्रहरीको हिरासतबाट फरार भएका भण्डारीलाई प्रहरीले एक साता अघि मात्रै पक्राउ गरेको थियो । फरार रहेका उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment