Wednesday, October 28, 2015
अपराधीको अभावमा नेदरल्याण्ड्सका आठ जेल बन्द
नेपालमा अपराधिक क्रियाकलाप वृद्धिसँगै जेलहरु साँघुरा भइरहेका छन् । उता युरोपेली राष्ट्र नेदरल्याण्ड्समा ठिक उल्टो भइरहेको छ ।
अपराधीहरुको कमिले गर्दा यस राष्ट्रले आफ्ना आठवटा जेल बन्द गर्ने भएको छ । त्यहाँको न्याय मन्त्रालयले यसको औपचारिक घोषणा गरेको हो ।
नेदरल्याण्ड्समा १४ हजार कैदी क्षमताका जेलहरु भएपनि १२ हजार कैदी मात्रै छन् । अपराधीहरुको संख्या अझ घट्दै जाने अनुमानका आधारमा आठ वटा जेलमा ताल्चा लगाउन लागिएको अधिकारीहरुले बताएका छन् ।
न्याय उपमन्त्री नेवहाट अलबायराकले आठ जेलमा कार्यरत कर्मचारीमध्ये केहिलाई विदाइ तथा केहिलाई अन्यत्र प्रतिस्थापन गरिने जानकारी दिए ।
६० भन्दा बढि संगठनको प्रतिनिधित्व गर्ने क्रिमिनल जस्टिस एलायन्स (सिजिए) ले हालै मात्र जेलहरुको अनावश्यक प्रयोग क मगर्न सरकारलाई सुझाव दिएको थियो । गम्भीर र हिंस्रक घटनामा संलग्नलाई जेल हालेर छिटपुट अपराधिक क्रियाकलापमा संलग्नहरुलाई सजायका अन्य विधिहरु प्रयोग गर्नुपर्ने उसको जोड रहेको छ ।
कारागारहरु हेर्ने प्रमुख निरिक्षक निक हार्डविकले जेलहरुको बढ्दो संख्या र बजेट कटौति एकैसाथ जान नसक्ने धारणा राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment