Wednesday, October 14, 2015

६ सय टन अष्ट्रिज मासु बजारमा ल्याउने तयारी

आश्विन २७, २०७२- बजारमा खशी र बोका बजारमा कम भएपछि त्यसको बिकल्पमा अष्ट्रिज नेपाल प्रालीले ईमु र अष्ट्रिजको ६ सय टन मासु बजारमा ल्याउने तैयारीमा छ । ईमुको तैयारी मासु लैजान चोहेमा प्रति किलो ८ सय रुपैयाँ कायम गरिएको छ । ईमुको मासुको अधिकतम खुद्रा मुल्य -एमआरपी) १ हजार १ सय कायम गरिएको छ । ईमु अष्ट्रिज प्रजातीकै दोश्रो ठूलो चरा हो । बिगतका दशैंका वेलामाजस्तै भारतबाट खशी बोका आउन नसकेपछि र हिमाली भेकबाट प्रर्याप्त च्यागं्रा आउन नसक्ने भएपछि यस पटकको दशैंकालागि सर्वसुलभ र सहज रुपमा अष्ट्रिज र ईमुको मासु बजारमा ल्याईने अष्ट्रिज नेपाल प्रालीकाका प्रबन्ध निर्देशक सीपी शर्माले बताए । उनका अनुसार, ईमु र अष्ट्रिजको मासु भैरहवार बुटवल क्षेत्रमा १२ वटा स्थानबाट उपलब्ध हुने छ । राजधानी उपत्याकामा सवै सुरपरमार्केटबाट उपलब्ध हुने व्यवस्था मिलाईएको छ । पोखरा, दमौली, लेखनाथ बाग्लुङ्ग र म्याग्दीमा ४० स्थानबाट, नारायणगढ चितवनमा ६ वटा सुपरमार्केटबाट, घोराही, तुलसीपुर, नेपालगंज, धनगढी, ईटहरी, बिर्तामोड, दमक, धरान लगायतका शहरमा उपलब्ध गराउने तयारी भएको शर्माले जानकारी दिए । । अष्ट्रिज नेपालले सात बर्षअघि रुपन्देहीको गंगोलिया गाबिसमा २२ विगाहा जमिनमा स्थापना गरि व्यवसायिक रुपमा अष्ट्रिज पालन सुरु गरेको थियो । पछिल्ला वर्षमा दाङ्गमा समेत अष्ट्रिच फार्म संचालनमा ल्याएको छ । पशु क्वारेन्टाईन कार्यालय बेलहियाका अनुसार, असोज १९ गतेदेखि २६ गतेसम्म सुनौली-भैरहवा नाकाबाट कत्तिपनि खशी बोका आयात भएको छैन । गत बर्ष दशैंलाई लक्षित गरेर भदौ र असोजमा २० हजार गोटा भन्दा धेरै खशी बोका आयात भएको थियो ।

No comments:

Post a Comment