Wednesday, October 28, 2015
बन्दुकको विरोधमा युवतीहरुले चलाए लिंग बोक्ने अभियान
अमेरिकी युवतीहरुले नयाँ आन्दोलन सुरु गरेका छन् । सरकार हतियार नियन्त्रणमा असफल भएको भन्दै टेक्सासका छात्राहरुले कृत्रिम लिंग बोकेर हिड्ने अभियान चलाएका छन् ।
विद्यार्थीहरुलाई विश्वविद्यालय क्याम्पसमा पढ्न आउँदा लुकाएर ह्याण्डगन बोक्न दिने सरकारी कानूनको विरोधमा छात्राहरुले लिंग बोक्ने आन्दोलन सुरु गरेका हुन् । आउँदो अगष्ट देखि कार्यान्वयनमा आउने यो कानून अनुसार विद्यार्थीहरुले क्याम्पस आउँदा लुकाएर ह्याण्डगन बोक्न पाउनेछन् ।
पछिल्लो समयमा अमेरिकामा हतियारधारीहरुले स्कुल तथा कलेजमा आक्रमण गरी धेरै विद्यार्थीको हत्या गरेको घटना बढिरहेका बेला सरकारले लुकाएर बन्दुक बोक्न दिने कानून बनाउन थालेपछि छात्राहरु लिंगको हतियार बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
टेक्सास विश्वविद्यालयकी छात्रा जेसिका जिनले यो आन्दोलनको अगुवाई गरिरहेकी छिन् । यो अभियानमा १५ सय छात्राहरु सहभागी भएका छन् र सबैले आउँदो अगष्ट १६ देखि आफ्नो झोलामा बडेमाको कृत्रिम लिंग अर्थात् डिल्डो झुण्डाउनेछन् । #CocksNotGlocks नामक ह्यासट्यागमा अहिले उनीहरुको यो अभियानको खुबै प्रचार भैरहेको छ ।
लुकाएर घातक हतियार बोक्न दिनु भन्दा देखाएरै हानिरहित लिंग बोक्न दिनु उपयुक्त हुने दाबी युवतीहरुको छ । टेक्सासको कानून अनुसार सार्वजनिक रुपमा अश्लील चिज देखाएमा ५ सय डलर जरिवाना तिर्नुपर्छ ।
स्मरण रहोस् अमेरिकामा यो वर्ष मात्रै स्कुलहरुमा ५२ वटा गोली प्रहारका घटना भए जसमा ३० जनाले ज्यान गुमाउनुका साथै ५३ जना घाइते भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment