Thursday, October 29, 2015

म्यानचेष्टर युनाइटेड लिग कपबाट बाहिरियो

१२ कात्तिक, काठमाडौं । मिडल्सब्रोसँगको अप्रत्यासित हार व्यहोर्दै म्यानचेष्टर युनाइटेड लिग कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड मिडल्सब्रोसँग टाइब्रेकरमा ३-१ ले पराजित भयो । निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको खेलमा युनाइटेडले गोल गर्न सकेन । पेनाल्टी सुट आउटमा वायन रुनी, माइकल क्यारिक र एस्ले योङ चुकेपछि मिडल्सब्रोका खेलाडीहरुले १० हजार समर्थकमाझ खुसी मनाएका छन् । निर्धारित समयको खेलको सुरुमा युनाइटेड रुनी, एन्थोनी मार्टिल विनानै मैदान उत्रिएको थियो । इंग्लिस पि्रमियर लिगमा म्यानचेष्टर सिटीसँग गोलरहित बराबरी खेल्दाको टीममा नौ परिर्वतन गरिएको थियो । मेम्फिस डिपेइले आफ्नो प्रभाव छाड्न सकेनन् । जेम्स विल्सनलाई पहिलो हाफको अन्तिममा रुवीले रिप्लेस गरे । ७१ औं मिनेटमा मैदान प्रवेश गरेका मार्टिलले अट्याकिङ खेल खेलेपनि युनाइटेडलाई सफलता दिलाउन सकेनन् । पछिल्लो पटक २००८-०९ मा पि्रमियर लिग खेलेको मिडिल्सब्रोले भने काउन्टर कट्याकको खेल खेलेको थियो । तर, युनाइटेडलाई बराबरीमा रोकेपछि मिडिल्सब्रोका खेलाडीहरुले पेनाल्टी सुट आउटमा कुनै गल्ती गरेनन् । बुधबारराति नै भएको खेलमा विजयी हुँदै लिभरपुल र साउथहृयामप्टन भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लिभरपुलले बोर्नमाउथलाई १-० ले हराएको छ भने साउथहृयामप्टनले एस्टन भिल्लालाई २-१ ले पाखा लगाएको छ ।

No comments:

Post a Comment