Thursday, October 29, 2015
कस्तो सपथ लिइन् राष्ट्रपतिले?
काठमाडौं–नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले इश्वरका नाममा सपथ लिएकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई सपथ गराएका हुन्।
उनले लिएको सपथको व्यहोरा यस्तो छः
म विद्यादेवी भण्डारी मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य र निष्ठापूर्वक प्रतिज्ञा गर्छु, इश्वर, देश र जनताको नाममा सथप लिइ नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहीत रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै राष्ट्रपति पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको साझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी,पुर्वाग्रह वा खराव भावना नलिई इमान्दारिताका साथ गर्नेछु।
र , आफ्नो कर्तव्य पालनाको शिलशिलामा आफूलाई जानकारीमा आएको कुरा र, पदमा वहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानुनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment