Friday, October 9, 2015
“चीन मधेश विरोधी होइन”
काठमाडौं, २२ असोज । बेइजिङ्गका उच्चस्तरीय अधिकारीहरूले चीन मधेश विरोधी नभएको प्रष्ट्याएका छन् । चिनियाँ अधिकारीहरूले चीन नेपालमा स्थिरता चाहेको भन्दै नेपालमा जारी भएको संविधानमा वृहत अधिकारका लागि मधेशमा भइरहेको आन्दोलनलाई राजनितिक सम्वाद मार्फत समाधान गर्नुको विकल्प नरहेको समेत सुझाएका छन् । चीन र भारतको नेपालसँग धेरै नजिकको सम्बन्ध रहेको मधेशी नेताहरूलाई स्मरण गराएका छन् । चीनीया उच्च अधिकारी सँग सम्पर्कमा रहेका मधेशी नेताहरूले मधेश आन्दोलनमा चीनको झण्डा जलाउनुको कारण बारे गम्भीरता प्रकट गरेको बताए । मधेशी नेताहरूले यो घटना दुर्भाग्यपुर्ण भएको भन्दै यसले मधेश र चीनको बीचमा दुरी उत्पन्न गराउन खोजेको स्पष्ट पारेका छन् । यस्टा घटना हुन नदिन सबैलाई सजग पनि गराएका छन् । चीनिया अधिकारीहरूले मधेशको आफनो टथस्ता बारे स्पष्ट पारेका छन् । चीन सरकारको नीति मधेश विरोधी नभएपनि चिनियाँ दूतावासका कर्मचारीहरूले जनशक्तिको चयन, अवसरको बाँडफाँट, सेवा सुविधा, परियोजनाको छनोट, प्रशिक्षण, भ्रमण र छात्रवृत्तिहरूमा मधेशीसँग विभेद गर्दै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment