Wednesday, October 14, 2015

आज जोगवनीबाट ५ ट्यांकर डिजलमात्र

आश्विन २७, २०७२- हिजो सामान्य अवस्थाको भन्दा दोब्बर इन्धन भित्रिएको जोगबनी नाकाबाट बुधबार न्यून इन्धन भित्रिएको छ । बुधबार अपरान्ह ३ बजे सम्ममा ५ ट्यांकर डिजल भित्रिएको विराटनगर भन्सारले जनाएको छ । यो नाकाबाट मंगलबार साँझ सम्ममा ८८ टयांकर इन्धन र १ सय २४ मालबहाक ट्रक भित्रिएका थिए । आएकामध्ये पेट्रोल र ग्यासका एउटा पनि ट्यांकर भित्रिएका छैनन् । भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार अन्य मालबहाक ट्रक ८० वटा भित्रिएका छन् । पेट्रोलियमका थप २ ट्यांकर भित्रिने क्रममा छन् । ढुङ्गानाका अनुसार पेट्रोलियम लोड भएका ट्यांकर लाइन जोगवनीदेखि निकै टाढा रहेकाले बुधबार थप पेट्रोलियम ट्यांकर भित्रिने सम्भावना न्यून छ ।

No comments:

Post a Comment