Monday, October 26, 2015

अफगानिस्तानमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

९ कात्तिक, काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विज्ञान केन्द्रका अनुसार भूकम्प ७.७ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडमा थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका साथै काठमाडौंमा समेत महसुस भएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले पनि धक्का काठमाडौंसम्म महसुस भएको पुष्टि गरेको छ ।

No comments:

Post a Comment