Thursday, October 29, 2015
हिमाल, पहाड, तराई जहाँ बसे पनि सबै नेपाली भन्दै शीतल निवासबाट विदा भए रामवरण
१२ कात्तिक, काठमाडौं । हिमाल पहाड, तराई-मधेस जहाँ बसेको भए पनि हामी सबै नेपाली हौं भन्दै निवर्तमान राष्ट्रपति डा. रामवरण यादव विदा भएका छन् ।
नयाँ राष्ट्रपति विद्या भण्डारीको सपथपछि यादवको विदाइ कार्यक्रम राखिएको थियो । यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको मूर्ति उपहार दिएका छन् ।
विदाइ समारोहलाई सम्बोधन गर्दै मुलुकको पहिलो राष्ट्रपति यादवले तराई मधेस लामो समयदेखि असान्त र आन्दोलित रहँदा त्यहाँ बासिन्दा तथा मुलुकभरकै जीवन कष्टकर भएकोप्रति गम्भीर भइए राजनीतक दल, संसद र सरकारको अविलम्ब ध्यान दिने आशा व्यक्त गरेका छन् ।
यादवले भने-‘मुलुककमा जुनसुकै भूभागका जुनसुकै समुदायले उडाएको अवाज र गुनासालाई संयम र सहानुभूतिपूवर्क सुन्ने र शान्तिपूर्ण उपायबाट समस्याको समाधान खोज्ने सस्कार सुरु गर्न विशेष आग्रह गर्छु ।’
कुनै पनि संविधान पूर्ण दस्तावेज नहुने भन्दै निवर्तमान राष्ट्रपति यादवले निरन्ततको अभ्यास, मन्थन र समय सापेक्ष संशोधनबाट नै पूर्णता पाउने बताएका छन् । उनले भने-‘नेपालको राजनीतिले भविश्यमा नयाँ संविधानले तय गरेको दायराभित्र नै आफ्नो बाटो पहिल्याउने छ भन्ने अपेक्षा राखेको छु ।’
लिखित सम्बोधन गरेका उनले अघि भने-‘संवैधानिक यात्रा छट्पछी पैदा गराउने गरी सुस्त हुने भएकाले उसमा पर्याप्त संसद र धैर्यको खाँचो पर्नेछ ।’
उनले अबको हरेक राष्ट्रिय आवश्यकता र राजनीतिक समस्याको समाधान राजनीतिक दलहरुले संवैधानिक तथा शान्तिपूर्ण तरिकाबाट खोज्ने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो विदाइसँगै देशको अन्तरिम शासन व्यवस्थाको एउटा चरण पुरा भएको भन्दै यादवले १२ बुँदे सममतिदेखि गणतन्त्र घोषणा हुँदासम्म कायम रहेको दलहरुको एकता र सहकार्य आगामी दिनमा कायम रहोस् भनि कामना गरेका छन् ।
उनले सात वर्षअघि हिमाल पहाड, तराई-मधेस मध्ये जहाँ बसेपनि, जे जस्तो भेषभूषा धारण गरे पनि, जुन भाषा बोले पनि, जुन धर्म संस्कृति मानेपनि नेपाली सीमाभित्र बस्ने हामी सबै नेपाली हौं भन्दै शीतल निवास प्रवेश गरेको स्मरण गरे ।
निवर्तमान राष्ट्रपति यादवले भने-‘आज विदा हुँदै गर्दा म त्यही कथन दोहोर्याउँछु-जहाँ बसेको भए पनि हामी सबै नेपाली हौं । यहि भावना बोकेर हिमी अघि बढौं । यसमै हामी र हाम्रा सन्ततिको भविश्य सुरक्षित रहनेछ ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment