Wednesday, October 28, 2015
गुल्मी कारगारमा एक कैदीको मृत्यु
१२ कात्तिक, गुल्मी । जिल्ला कारगार गुल्मीमा एक कैदीको मृत्यु भएको छ । गतबर्ष १२ बर्षका लागि जेल चलान भएका जोहाङ्गका ७२ बर्षका खीमानन्द अर्यालको मृत्यु भएको जिल्ल्ाा प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रकाश पौडे्लका अनुसार बुधवार साझँ खाना खाएर राम्रोसगँ सुतेका अर्याल बिहीवार बिहान उठेर बिहानको नृत्यकर्म गरेर पुनः सुतेका थिए ।
आफुले पुजापाठ गर्ने स्थानीय मन्दिरमा एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा अर्याल २०७० चैत १० गते जिल्ल्ाा कारगार गुल्मीमा चलान भएका थिए ।
जिल्ला कारगार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार अर्का कैदी एकुराज भण्डारी र खीमानन्द अर्याल नाताले मामा भाज्जा पर्नेसगै सुत्ने र बिहान उठेर सगै नृत्यकर्म गर्ने गरेको बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment