Wednesday, October 14, 2015
कैलाली नाकाबाट २६ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो
आश्विन २७, २०७२- कैलालीको भन्सार नाकाबाट बुधबार २६ ट्यांकर पेट्रोलियम पदार्थ सहित १ बुलिट ग्यास भित्रिएको छ । क्षेत्रिय आयल निगमको कार्यालय धनगढीले बुधबार २४ ट्यांकरमा र २ ट्यांकरमा पेट्रोल र १ बुटिल ग्यास आएको जनाएको छ । मंगलबार २० ट्यांकरमा ३ सय ६८ केएल डिजल र २ ट्यांकरमा ८० केएल पेट्रोल आएको हो । उनले मंगलबार र बुधबार आएको डिजल सुदूरपश्चिमका सबै ठाउँमा पुर्याउने बताए । ‘बुधवार आएको डिजल सुदूरपश्चिमका सबै पेट्रोल पम्पहरुबाट वितरण हुन थालिसकेको छ,’ उनले भने, ‘पेट्रोल कम आएकोले सबै ठाउँमा पुग्न सकेको छैन ।’ उनका अनुसार मंगलबार र बुधबार गरेर ४८ ट्यांकरबाट ७ सय ४ केएल डिजल र ८० केएल पेट्रोल आएको हो । पौडेलका अनुसार यसरी नै फूलपातीसम्म पठाएका जति सबै ट्यांकरमा पेट्रोलियम पदार्थ आए दसैंमा अभाव नहुनें दाबि गरे । ‘यहाँ ट्यांकर खाली गराउदैं पठाउदैं गरेका छौं,’ उनले भने, ‘पठाएका ट्यांकर भरिएर आए दसैंसम्मका लागि सुदूरपश्चिममा पेट्रोल पुग्छ ।’ उनले वितरण गरिएको बाहेक क्षेत्रिय भण्डारमा सुदूरपश्चिममा थप दुई दिन पुग्ने डिजल र पेट्रोल छ । सुदूरपश्चिममा डिजल प्रतिदिन ३ लाख लिटर र पेट्रोल १ लाख लिटर खपत हुँदै आएको छ । यस्तै भैरहवा नाकाबाट भने एउटा ग्यासकाे बुलेट, एउटा पेट्रोलकाे ट्यांकर र दुईवटा डिजलकाे ट्यांकर भित्रिएकाे छ । ६९ वटा मालवहाक गाडी, २५ वटा पिकअप र ६ वटा पर्यटक बस पनि नेपाल प्रवेश गरेकाे छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment