Tuesday, October 13, 2015

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन स्थगित गरेन

२६ असोज, काठमाडौं। विगत २ महिना देखि मधेशमा आन्दोलन चर्काइरहेका मधेशी दलहरुले आफ्नो आन्दोलन स्थगित नगर्ने निर्णय गरेका छन्। नेपालीको महान चाड दशैको बेला आन्दोलन स्थगित गर्ने खबर आएको भएपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलन मार्फत आन्दोलन जारी राख्ने घोषणा गरेको हो।सरकारले विगतमा गरेको सहमति पुरा नगरेसम्म आन्दोलन जारी रहने पत्रकार सम्मेलनमा उनीहरुले बताए। मधेसी मोर्चाका एक नेताले दशैको बेला आन्दोलन स्थगित गर्ने मनस्थितिमा मधेशी मोर्चा पुगेको बताएपनि बैठक पछि गरेको पत्रकार सम्मेलनमा भने आन्दोलन स्थगित नहुने मोर्चाले जनाएको छ।

No comments:

Post a Comment