Monday, October 26, 2015

एएफसीद्वारा नेपाली यू–१६ फुटबल टोली निलम्बित

कार्तिक ९, २०७२- एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली यू–१६ फुटबल टोलीलाई प्रतिबन्ध लगाएको छ । बढी उमेरका खेलाडी खेलाएको भनेर एएफसीले अर्को वर्ष भारतमा हुने यू–१६ च्याम्पियनशिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको हो । गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को वर्ष सेप्टेम्बरमा हुने च्याम्पियनसिपका लागि छनोट भएको थियो । नेपालले किर्गिस्तानमा जोर्डनलाई २–१ र घरेलु टोलीलाई ४–२ ले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल ५ उत्कृष्ट उपविजेता भएर च्याम्पियनसिपमा छनोट भएको थियो । नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ । कार्वाहीपछि नेपालले खेलेको खेलहरुमा विपक्षीलाई ३–० को नतिजा दिइएको छ । क्वालालम्पुरको होटल मेजेस्टिकमा भएको छैटौं एएफसी अनुशासन समितिको बैठकले यो निर्णय गरेको एएफसीले जनाएको छ ।

No comments:

Post a Comment