Friday, October 9, 2015
मधेश विरोधी राजदूत फिर्ता गरिने
काठमाडौं, २२ असोज । नेपालभित्र साम्प्रदायिकतामा आधारित कार्य गरेर चीनलाई बदनाम गराएको आरोप लाग्दै आएको चिनियाँ राजदूत ऊ चुन्ताईलाई चीन सरकारले फिर्ता बोलाउने तयारी गरिरहेको छ । चुन्ताईले नेपालमा पहाडी समुदायलाई उचाल्ने र सहयोग गर्ने गरेका थिए । नेपालभित्र रहेका आधा जनसंख्यालाई बेवास्ता गर्ने, नश्लभेदी सोच राख्ने र पहाडी समुदायकेन्द्रित कार्य गरेर चीनलाई नेपालभित्र आलोचित बनाएको आरोप चुन्ताईमाथि छ । मधेशीहरू चुन्ताईलाई पटक–पटक नेपालको मित्र बन्न, साझा सहयोगी बन्न र चीनलाई पहाडी समुदायको मात्र सहयोगी मुलुक नबनाउन सुझाव दिँदै आएका थिए । चुन्ताईको साम्प्रदायिक सोच र मधेशी विरोधीहरूसँगको सामिप्यताले नेपालमा चीन विरोधी क्रियाकलाप बढेको थियो । चीनका झण्डा जलाउने, चीन विरोधी नारा लाग्ने र दूतावास घेर्ने कार्यहरू पटक–पटक भएका छन् । चीनलाई नेपालकै मित्र बनाउनुको साटो चीनलाई मधेशी विरोधी मुलुकको रूपमा परिचय गराउन उदृत राजदूत चुन्ताईलाई चीनले फिर्ता बोलाउँदैछ ।
नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको हो । नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको स्रोतले जनाएको छ । वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए लगत्तै वा कम्तिमा दुई महिनाभित्र बेइजिङ फर्कने तयारीमा छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment