Friday, October 30, 2015

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियोसहित)

काठमाडौं: नेपाली युवा निर्वाण विष्टले छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन्। 
 
उनले १६ सय बिट्स प्रतिमिनेट गितार बजाएर रेकर्ड कायम गरेका हुन्। यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड १६ वर्षीय निर्वाणले तोडेका हुन्। भारतको मसुरीस्थित सेन्ट जर्जेज कलेजमा कक्षा १० मा अध्ययनरत उनले विद्यालय प्रांगणमा नै गत मे महिनामा 'फाइट अफ बुम्बलेबी' गीतमा यति छिटो गितार बजाएका थिए। उनलाई विश्वकीर्तिमानसम्बन्धी बेलायती संस्था रेकर्ड होल्डर्स रिपब्लिकले सार्वधिक गतिमा गितार बजाएर रेकर्ड कायम गरेको प्रमाणपत्र पनि प्रदान गरेको छ।
 
'पढाइसँगै संगीतमा पनि रुचि देखेर उनलाई हामीले कुनै रोकतोक गरेनौं', निर्वाणकी आमा शैली राणा विष्टले भनिन्, 'पढाइमा युनिभर्सिटी टप हुन्थ्यो होला, संगीतमा लागेर विश्व रेकर्ड कायम गर्दा खुसी लागेको छ।'
 
कक्षा ६ सम्म काठमाडौंको चाँदबाग स्कुलमा अध्ययन गरेका निर्वाण सानैदेखि गितार बजाउन रुचि राख्थे। काठमाडौं हात्तीगौंडाका निर्वाण अध्ययनका क्रममा मसुरीमा पुगेपछि संगीत शिक्षक नवीन जोनसँग नजिकिएपछि संगीतप्रति अझ आकर्षित भए। 
 
अहिले उनी त्यहाँ अध्ययनसँगै 'डे ब्रेक' नामक ब्यान्ड स्थापना गरेर संगीतमा क्रियाशील छन्। ब्यान्डमा उनी लिड गिटारिस्ट छन्।




No comments:

Post a Comment