Thursday, October 29, 2015
बस दुर्घटनामा १० जना घाइते
कावासोती-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट काठमाडौँका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment