Thursday, October 29, 2015

आमा र छोरीसहित राष्ट्रपति आजै शीतल निवास सर्ने

१२ कात्तिक,काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी सपथग्रहण लगत्तै आज बिहीबार नै राष्ट्रपति भवन शीलत निवास सर्ने भएकी छन् । भण्डारीका प्रेस सहयोगी सुवास देवकोटाका अनुसार सुरक्षाका कारण बिहीबार नै राष्ट्रपति शीतल निवास सर्ने तय भएको हो । राष्ट्रपति भण्डारीसँगै आमा मिथिला पाण्डे र छोरी उषाकिरण र निशाकुषुम पनि शीतल निवास प्रवेश गर्नेछन् । जेठी छोरी उषा विवाहित हुन् । आमा मिथिला पाण्डे सुनसरीमा आश्रम सन्चालन गरेकी बस्ने गरेकी छन् । जेठी छोरी राष्ट्रपति हुने भएपछि उनी विराटनगरबाट काठमाडौं आइपुगेको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment