भैरहवा : रुपन्देहीको बेलहिया नाकाबाट बुधबार १०९ वटा मालवाहक गाडी भित्रेका छन् । नाकामा मधेसी मोर्चाको अवरोध हटेपछि भारतले मालवाहक पठाइरहेको छ ।
बुधबार दिउँसोसम्ममा बेलहियाबाट २ वटा डिजेल ट्यांकर, एक बुलेट ग्यास र १०६ वटा मालवाहक ट्रक भित्रेका हुन् ।
दुई दिनदेखि नाकामा अवरोध हटेपछि बेलहिया शान्त हुँदै गएको हो । मधेसी मोर्चाका कार्यकर्ता लखेटिएपछि भारतीय प्रहरीले पनि विनाअबरोध मालवाहक गाडी र ट्यांकर नेपालतर्फ पठाइरहेको छ ।
No comments:
Post a Comment