Thursday, March 24, 2016

अन्डरवेयर चोर्ने विरालो पक्राउ

न्यूजिल्याण्डमा रातको समयमा पुरुषको अन्डरवेयर र मोजा चोरी गर्ने विरालो पक्राउ परेको छ । ६ वर्षको यो विरालोको नाम ब्रिगिट हो । यो विरालोले २ महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा जम्मा गरेको थियो । यो विरालोको मालिक सारा नाथनले यो विरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा जानकारी दिएकी थिइन् । उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि विरालोको हर्कतबारे जानकारी भएको थियो । उनले भनिन्, ‘यो हाम्रो घरको कुनै सदस्यको होइन । र, एक दिन बि्रगिटले एक मोजालाई बच्चा जस्तो मुखमा च्यापेर ल्याएको देखेँ ।’

No comments:

Post a Comment