Sunday, March 6, 2016

जन्ती राख्न र विहे भोज खुवाउन विद्यालय बन्द

कपिलवस्तु, २४ फागुन । सार्वजनिक विदा, विभिन्न पर्वहरुमा तथा सरकारले निर्णय गर्दा विदा भएको त सुन्नु भयो होला । तर कपिलवस्तुको एक विद्यालय भने विवाहको कारणले वन्द भएको छ । जिल्लाको यातायात तथा अन्य सुविधाले विकट उदयपुर गाविसको रामलखन प्रा.वि. विवाहका कारण वन्द गरिएको हो । गाउँमा भएको विहेमा आएका जन्तीलाई खानपिन गराउन र सुताउनका लागि विद्यालय भवन प्रयोग गर्नुपर्ने भएकोले आइतवार विद्यालय वन्द गराइएको हो । शनिबार वन्जरिया गाउँमा बरसार्ती यादबको भाईको छोरीको विहे रहेको थियो । गाउँमा वस्नको लागि अन्य ठाउँ थिएन । जन्ती राख्नको लागि विद्यालय बाहेक अरु विकल्प नरहेकोले प्रयोग गरिएको हुन सक्ने स्रोतले वताउँछ । आईतवार दिउँसो विद्यालय पुग्दा विद्यालय परिषर फोहर मैलाले भरिएको देखिन्थ्यो । कक्षा कोठाभित्र वियरका वोत्तल र फालेका खानेकुराले भरिएको थियो । जताततै फोहर मात्र थियो । यो नौलो घटना भने होइन । धेरै जसो ठाउमा यसै गरी वन्द हुने गर्दछ । विद्यालयमा जन्ती पाहुना राख्दा विद्यालयका सामान चोरी हुने तोडफोड हुने भित्ताहरुमा गुटका खाएर थुक्ने जस्ता क्रियाकलापले विद्यालय परिषर नै प्रदुषण भएको अभिभावकहरुले जनाएका छन् । स्रोतका अनुसार विद्यालय वन्द गर्नको लागि व्यवस्थापन समितिले नै निणर्य गरेको बताएको छ । विद्यालय व्यवस्थापन समितिको दवादमा १ दिन स्थानीय विदाको रुपमा वन्द भएको नाम नखुलाउने सर्तमा एक जनाले वताए । लगातारको मधेस वन्दले प्रभावित बनेको विद्यालय विहेमा पनि वन्द गरिदा बालबालिकाको पठनपाठन प्रभावित बनेको छ । एकातिर कोर्स पूरा भएको छैन र परीक्षा पनी नजिक आएको छ । यसले बालबालिकाको मनोविज्ञानमा समेत प्रभाव पार्ने देखिन्छ । विद्यालय वन्दको विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यपक राम सुरत यादव र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भागवती प्रसाद बढईलाई सम्पर्क गर्न खोजिए पनि उनीहरु सम्पर्क आएनन् ।

No comments:

Post a Comment