Sunday, March 6, 2016
महिला बढि हुन्छन् हृदयाघातका सिकार
शोधकर्ताहरुका अनुसार पुरुषहरुको तुलनामा महिलाहरु बढि मात्रामा हृदयाघातको चपेटामा पर्दछन् । महिलाहरुले पुरुषहरुको तुलनामा हृदयाघातपछि उपचारका क्रममा अस्पतालमा बढि समय बिताउनुपर्ने र अस्पतालमै हृदयाघात भएका महिलाहरुको पुरुषको तुलनामा बढि मृत्यु हुने गरेको पनि शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।
अमेरिकाको याले स्कुल अफ मेडिसिनकी शोधकर्ता आकृति गुप्ताका अनुसार कम उमेरका पुरुषको तुलनामा कम उमेरका महिलाहरुले हार्ट अट्याकपछि बढि दुखको सामना गर्नुपर्दछ । गुप्ता सहितको शोधकर्ताको टोलीले २००१ देखि २०१० सम्म हृदयाघातका कारण अस्पतालमा भर्ना भएका २ लाख ३० हजार ६८४ जना मानिसहरुको अध्ययन गरेका थिए, जसको उमेर ३० देखि ५४ वर्षसम्म थियो ।
आफ्नो अध्ययनका क्रममा शोधकर्ताहरुले पाएका छन् की ५५ वर्षभनदा कम उमेरका महिलाहरुमा हृदयाघातका कारण अस्पतालमा भर्ना हुने दरमा उतिसारो कमी आएको छैन जबकी त्यो भन्दा बढि उमेरका महिलाहरु हृदयाघातका कारण अस्पतालमा भर्ना हुने दरमा २० प्रतिशतले गिरावट आएको छ ।
शोधकर्ताहरुका अनुसार पुरुषहरुमा उच्च कोलेस्ट्रोलको समस्या बढ्ता देखिने गरेको छ भने महिलामा उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धि रोगको प्रकोप बढि देखिएको छ ।
शोधकर्ता गुप्ता भन्छिन् : शोधबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कम उमेरका मानिसहरुमा मधुमेह, उच्च रक्तचाप तथा धुम्रपान जस्ता हृदयाघातका खतराहरुको बारेमा जागरुकता फैलाउनु बढि आवश्यक छ ।
यो सम्बन्धी शो अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment