Sunday, March 27, 2016
भारतीय जितको चार कारणः युवराज आउट हुनु वरदान सावित !
१५ चैत, काठमाडौं । मोहालीमा अष्ट्रेलिया जस्तो बलियो टिमलाई हराएर भारत टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतीय वरिष्ठ खेल त्रिकार प्रदीप म्यागजीनले भारतको जितको चार कारण देखाएका छन् ।
१. विराट कोहलीः दुबै टिमको बीचमा सबैभन्दा ठूलो फरक साबित भए विराट कोहली । जसरी उनले परिस्थितिलाई सम्भिmए, विकेटलाई रियलाइज गरे र फेरि ब्याटिङ गरे, यही कारण उनलाई क्रिकेट इतिहासमा ठूला खेलाडीमा राखिनेछ ।
२. रनिङ बिटवीन द विकेटः युवराज सिंह ब्याटिङका क्रममा घाइते भए । उनी दौडिन सकिरहेका थिएनन् । त्यसैले उनी आउट हुनु भारतीय टिमका लागि वरदान साबित भयो । उनी आउट भए लगतै कप्तान धोनी क्रिजमा आए र उनले जबरजस्त रनिङ बिटवीन द विकेट गरे ।
कोहलीसँग मिलेर उनले थुप्रै एक रनलाई दुईमा बदले, जुन निर्णायक साबित भयो ।
३. बलिङः पहिलो चार ओभरमा अष्ट्रेलियाले ५३ रन बनाएका थियो । तर, त्यसपछि भारतीय बलरहरुले जसरी कमब्याक गरे, त्यो प्रशंसनीय छ ।
नेहराका साथै पार्ट टाइम बलर युवराज सिंह र रवीन्द्र जडेजाले राम्रो बलिङ गरे र ६ ओभरमा मात्र ३९ रन दिए । जसका कारण राम्रो सुरुवात गरेर पनि अष्ट्रेलियाले १६० रन मात्र बनाउन सक्यो ।
४. क्याप्टेन कुल धोनीः एक पटक फेरि एमएस धोनीले साबित गरेका छन् कि दबाबको समयमा टिमलाई कसरी लिड गरिन्छ ।
जहाँ अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ कोहलीको जबरजस्त काउन्टर अट्याकका कारण खलबल्लिएको अष्ट्रेलियाली टिम सम्हाल्न सकिरहेका थिएनन् ।
अर्कोतर्फ धोनीले नराम्ररी पिटिएका आफ्ना बलरहरुको हौसला बढाए र दबाबमा पनि शान्त रहे, जसलाई भारतीय बलरहरुको पुनरागमनको कारण समेत मान्न सकिन्छ ।
धोनी हारबाट डराउँदैनन् । त्यस्तो बेला पनि कसरी हारलाई जितमा बदल्न सकिन्छ भनेर दिमाग चलाउँछन् । भारतीय कप्तान एमएस धोनीको खास विशेषता नै यही हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment