
स्मार्टफोन हाम्रो जिन्दगीको निकै महत्वपूर्ण हिस्सा बनिसकेको छ ।
स्मार्टफोन हाम्रो यति अभिन्न साथी बनिसकेको छ की हामी यो विना केही पलपनि बस्न नसक्ने भएका छौँ । हाम्रो गोप्य तथा महत्वपूर्ण चिजहरु यसैमा संग्रहित हुन्छन् र यदि यो सामान हरायो भने हामी बेहोस झैँ हुन्छौँ ।
मानिसहरुले स्मार्टफोनलाई दिने समयमा निरन्तर बढोत्तरी भैरहेको छ । स्मार्टफोनको स्क्रिनमा औँला चलाएर घोत्लिने समयमा वृद्धि भएसँगै स्मार्टफोन प्रयोगकर्ताहरुमा विभिन्न खाले स्वास्थ्य समस्याहरु पनि देखिने गरेका छन् ।
विज्ञहरुका अनुसार स्मार्टफोनको अधिक प्रयोग स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । मोबाइल फोनबाट निस्किने रेडियो तरंगले हाम्रो मस्तिष्क तथा सरीरमा भित्रैसम्म नोक्सान पूराउँदछ । मोबाइल तरंगले मस्तिष्कमा क्यान्सरको खतरा समेत पैदा गर्ने कतिपय अध्ययनहरुले देखाएका छन् ।
स्मार्टफोन तथा इन्टरनेटलाई तपाइँ पनि आफ्नो नजिकको मित्र सम्झनुहुन्छ होला । तर तपाइँको यो साथीले तपाइँलाई भुलक्कड बनाइरहेको छ ।
यसले तपाइँको स्मरण शक्तिमा क्षयिकरण गरिरहेको छ । स्मरण क्षमतालाई क्षयिकरण हुन नदिनका लागि स्मार्टफोन तथा इन्टरनेटमा अत्यधिक निर्भरताबाट आफुलाई बचाउनु पर्दछ । आफै सम्भिmने तथा सोँच्ने क्षमताको विकाश गर्नुपर्दछ । डिजिटल डिभाइसमा बढ्दो निर्भरताले माानिसमा भुल्ने बिमारी अर्थात् डिमेन्सिया हुने गरेको पाइएको छ ।
एक शोध अनुसार स्मार्टफोन किटाणुहरुको घर हो । स्मार्टफोनमा ट्वाइलेटमा भन्दा १० प्रतिशत बढि किटाणुहरु पाइन्छन् । यसबाट पनि सजिलै बुझ्न सकिन्छ स्मार्टफोनले हाम्रो सरीरमा विभिन्न खाले रोगको संक्रमण गराउन सक्दछ ।
गर्भवती महिलालेे बढि स्मार्टफोन चलाउँदा त्यसको असर गर्भमा रहेको बच्चामा पर्नजाने अध्ययनले देखाएको छ । मोबाइलको रेडियो तरंगले आमाको गर्भमा रहेको भ्रुणको विकाशमा असर पार्ने र विभिन्न खाले समस्या उत्पनन गर्नसक्ने शोधकर्ताहरुको भनाई छ ।
No comments:
Post a Comment