Friday, March 25, 2016
हाम्रो काठमाडौंमाः श्रीमती लुकाएर पहिला अर्कैसँग अनैतिक सम्बन्ध, पछि…
काठमाडौं, १२ चैत । ‘पूर्व प्रेमिका’को अश्लील तस्वीर सार्वजनिक गरेको अभियोगमा एक युवकलाई हेटौंडाबाट पक्राउ गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिई चरित्र हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने निरजबाबा उपनामले चिनिने २९ वर्षीय निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान व्युरोको प्रहरीले शुक्रबार हेटौंडास्थित बुद्धचोकबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेको अवस्थामा सामाजिक संजाल फेसबुकमार्फत बनाएको साथी (काठमाडौं–२६ बस्ने प्रेमिका)सँग चौधरीले जागिर छोडी काठमाडौं आएर रात समेत बिताएका थिए ।
उनीहरुको बीचमा सबैखाले सम्वन्ध स्थापित भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । तर, निरज विवाहित थिए । जब यो कुरा थाहा भयो युवती उनीबाट टाढिन खोजिन् । उनले आफू अविवाहित हो भन्दै युवतीलाई ढाँटेका पनि रहेछन् ।
निरजले भने होटलमा बास बसेको बेला नशालु पदार्थ खुवाएर अश्लिल तस्वीरहरु खिचेका रहेछन् । र ती अश्लील फोटोहरु फेसबुकमार्फत पीडित लगायत फेसबुकका साथीहरुलाई पठाई मानसिक पीडा दिने कार्यमा उनी संलग्न थिए ।
निरजले ‘प्रेमिका’लाई कहींकतै उजुरी गरे भौतिक कारवाही गर्ने भन्दै पटकपटक फोनमार्फत धम्क्याउदै आएको र पीडितलाई विभिन्न ठाउँमा बोलाई पटक पटक आफूसँग यौनसम्पर्क राख्न दवाव दिँदै आएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
निरजले विभिन्न ठाउँमा बोलाउने र यौन सम्वन्ध राख्न दबाब दिने गरेपछि झण्डै तीन साता अघि पीडित युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गर्न पुगेकी थिईन् ।
त्यसपछि निरजलाई प्रहरीले पक्राउ गरको थियो र उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment